साउन ७, काठमाडाैँ । पछिल्ला दिन कोभिड– १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ। आज दुई हजार ९९६ नमूनाको परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यसैगरी आज ८६ सङ्क्रमणमुक्त भएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९७१ छ । काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै मोरङ र ललितपुरमा २०० बढी सक्रिय सङ्क्रमित छन्।
सङ्क्रमितमध्ये दुई हजार ८३२ जना ‘होमआइसोलेशन’, १३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना ‘आइसीयूमा’ उपचाररत छन्। मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ। आज दुई लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ।