अष्ट्रेलियाले भिसा प्रक्रिया थप द्रूत बनाउँदै, विद्यार्थीहरू पनि प्राथमिकतामा
शिक्षाखबर डेस्क
१० श्रावण २०७९, मंगलवार
no immg

१० साउन, काठमाडाैँ । अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै परराष्ट्रमन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्।

उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्।

मन्त्री गिल्सद्वारा जारी विज्ञप्तीमा दक्ष कामदार, विद्यार्थी र भिजिट भिसा प्राथमिकतामा पर्ने बताइएको छ। यो प्रक्रिया थप छिटो बनाउँदा आप्रवासीहरूले अष्ट्रेलियाको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

पहिलेको सरकारले अध्यागमनलाई अवमूल्यन गरेका कारण पेण्डिङ भिसा आवेदनको  संख्या १० लाख पुगेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ। .

‘अल्बानीज सरकार ब्याकलग घटाउन र हाम्रो सरकारको अध्यागमन कार्यको महत्त्वलाई पुनर्स्थापित गर्न कटिबद्ध छ।’ मन्त्री गिल्सले विज्ञप्तीमार्फत भनेका छन्।

अष्ट्रेलियाको अध्यागम विभागले २०२२ जुन महिनादेखि ७ लाख ४५ हजार भिसाहरूको काम सम्पन्न गरिसकेको छ। ती मध्ये ३ लाख ८८ हजार भिजिटर, ६२ हजार विद्यार्थी र ९ हजार ५०५ मा अस्थायी दक्षक कामदार भिसा रहेका छन्।

प्रतिक्रिया