डिप्लोमा र प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय प्रवेश परीक्षाका लागि खुल्यो फाराम
शिक्षाखबर डेस्क
१२ श्रावण २०७९, बिहीबार
no immg

१२ साउन, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी)ले प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय प्रवेश परीक्षाका लागि फाराम खुलाएको छ।

बिहीबार एक सुचना जारी गर्दै सिटिइभिटीले डिप्लोमा र प्रि–डिप्लोमा तहको छात्रवृत्ति एवंम् पूर्ण शुल्कीय प्रवेश परीक्षाका लागि फाराम खुलाएको जानकारी दिएको हो।

सुचनामा उल्लेख भए अनुसार परिषदबाट स्वीकृत पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालय तथा निजी स्तरमा सञ्चालित विद्यालयहरूले योग्यता पुगेका विद्यार्थीहरूले पूर्ण शुल्कीय तर्फ २६ गतेतभित्र र छात्रवृत्ति तर्फ २९ गतेभित्र फाराम भराउन पाउनेछन्।

सिटिइभिटिले विद्यार्थीहरू एसईई वा एसएलसी तथा प्रवेश परीक्षामा प्राप्त गरेको अंकका आधारमा विद्यार्थीको योग्यता निर्धारण गर्न पनि अनुरोध गरेको छ।

फाराम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपी, शिक्षालयले प्रमाण  गरेको पत्र र संरक्षित कोटाका लागि भए सम्बन्धित प्रमाण पेश गर्नुपर्नेछ। उक्त सुचनामा जानकारी दिइए  अनुसार एसईईका सम्पूर्ण विषयको परीक्षामा समावेश भइ ग्रेडसिट प्राप्त भएकाहरूले फाराम प्रवेश परीक्षाको फाराम भर्न पाउनेछन्।

यस सुचनाबारे विस्तृत जानकारीका लागि यहाँ क्लिब गर्नुहोस्।

प्रतिक्रिया