गृहमन्त्री र शिक्षामन्त्रीलाई माईतिघरमा अाउन खुल्ला चुनाैति !
शिक्षाखबर डेस्क
१६ चैत्र २०७४, शुक्रबार
no immg

२०७४ चैत्र १६ , अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तिलक राज भण्डारी ले गृहमन्त्री र शिक्षामन्त्रीलाई माईतघर मण्डला मा अाउन खुल्ला चुनाैति दिएका छन् ।

शिक्षा एेनकाे नवाैं संशाधन र २३ गते हुन लागिरहेकाे शिक्षा सेवा अायाेगकाे अान्तरिक परीक्षा खारेजीकाे माग गर्दै ५ दिनदेखि माईतिघरमा अनसनरत विद्यार्थीहरूकाे अवस्था बुझ्न र अाज हुने संयुक्त विद्यार्थीहरूकाे प्रदर्शन लाई सामाना गर्न गृहमन्त्री र शिक्षामन्त्रीलाई माईतिघर अाउन चुनाैति दिएका छन् ।

संयुक्त विद्यार्थी संगठनहरूद्वारा सानाेठीमी क्याम्पस भक्तपुर अगाडीकाे सडकमा अायाेजित चक्काजामपछिकाे काेणसभालाई सम्बाेधन गर्दै उपाध्यक्ष भण्डारी ले शिक्षा एेनकाे नवाैं संशाेधन विद्यालय शिक्षा अध्ययन गरिरहेका सत्तरीलाख विद्यार्थीहरूकाे गुणस्तरीय शिक्षा प्राप्त गर्ने माैलिक अधिकारकाे हनन गरेकाे बताउदै विद्यार्थीहरूकाे अधिकार रक्षाकाेलागि लागि जस्ताेसुकै मूल्य चुकाउन पनि तयार भएकाे बताएका छन् ।

शिक्षा ऐनको नवौं संशोधनका विरुद्ध शृङ्खलावद्ध रुपमा आन्दोलन गरिरहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघ तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त रुपमा आगामि चैत्र १७ गतेदेखि अनिश्चितकालिन शैक्षिक हडतालको घोषणा गरेका छन् ।

प्रतिक्रिया