सङ्घीय शिक्षा विधेयक मन्त्रिपरिषद्को समितिमा
शिक्षाखबर डेस्क
२२ भाद्र २०७९, बुधबार
no immg

२२ भदाै, काठमाडाैँ। लामो समयदेखि प्रतीक्षारत सङ्घीय शिक्षा विधेयक मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो विधेयक उक्त समितिमा पठाउने निर्णय गरेको र त्यहाँबाट आएपछि सङ्घीय संसद्मा दर्ता गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

शिक्षा ऐन, २०२८ लाई विस्थापन गरी नयाँ संविधान अनुकूल सङ्घीय शिक्षा ऐन ल्याउन संसद्को सम्बन्धित समिति र शिक्षा क्षेत्रका सरोकार भएकाले पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको मिति तर्जुका विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जनाइएको छ ।

प्रतिक्रिया