YCL चितवनको नियन्त्रणमा अबैध मासु
शिक्षाखबर डेस्क
१९ चैत्र २०७४, सोमबार
no immg

चितवन , चैत्र १९ /गएराती YCL केन्द्रिय सदस्य हरु मधु न्यौपाने उत्तम गुरुङ जिल्ला अध्यक्ष ईश्वर रेग्मी केन्द्रीय सदस्य तथा भरतपुर महानगर अध्यक्ष साजन अधिकारि जिल्ला सदस्यहरु अमर तामाङ, राम शाह, दीपेन्द्र पन्डित,कौशल उप्रेती सहितको टोलिले भारतबाट अबैध रुपमा भित्र्याउन लागिएको कुखुराको मासु लगायत खाद्य सामग्री राति 12:30 बजेको समय भरतपुरको आंपटारीको चेक प्वाइन्टमा समेत चेक नगराई हिडेको Up 70 Bt 1776 गाडीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त सामग्री फेला परेको हो आजै पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला प्रहरी कार्यलयका सइ शेलेन्द्र खड्काको रोहवरमा सामाग्री प्रहरीलाइ बुझाइएको छ ।

मासु ८ टनभन्दा बढी रहेको कुखुराको बोनलेस मासु रहेको कुलिङ कन्टेनर ट्रक भैरहवा नाकाबाट भित्रिएको जसमा हेल्पर र चालक सहित ३ जना भारतीय छन् भने पुग्ने स्थान नखुलेको पत्रकार सम्मेलनमा जनाइएको थियो ।


तस्करहरुले अबैध रुपमा भारतबाट मासु ल्याई बिक्रि गर्ने गरेकाले आफुहरु मारमा परेको बताएपछि किसान र व्यवसायीहरुको बिषेस आग्रहमा YCL ले जनताको पक्षमा अबैध सामाग्री कब्जा गरि प्रहरीलाई बुझाएको र यस्ता सबै खाले तस्कर र तस्करहरुका सहयोगीलाई पनि नछाड्ने YCL नेता साजन अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया