शताब्दी पुरूष सत्यमोहन जोशीको निधन
शिक्षाखबर डेस्क
३० आश्विन २०७९, आईतवार
no immg

३० असोज, काठमाडाैँ। शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उनको आइतबार बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले बताएका छन्।

डेंगु भएपछि अस्पताल भर्ना भएका जोशीको मुटुमा पनि समस्या देखिएपछि उनको किस्ट मेडिकल कलेजमा उपचार भइरहेको थियो। उनी गत असोज ७ गते अस्पताल भर्ना भएका थिए।

उनक १०३ वर्षको उमेरमा निधन भएको हो।

प्रतिक्रिया