काठमाण्डौ/हामि सबैको इच्छा ,अनुवार्य निशुल्क आधारभूत शिक्षा भन्ने नारा सहित माननीय शिक्षा मन्त्री ज्युले बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गर्नु भएको हो ।
अहिले पनि विद्यालय जाने उमेरका २.५% वालवालिका विद्यालय जान सकेका छैनन् । आउंदो वैशाख २ वाट ती वालवालिकालाई विद्यालय पुर्याउन हरेकले कम्तिमा १ जनालाई विद्यालय पुर्याउन योगदान गरौं र गर्न लगाउ भन्ने अपिल गर्दै सचेत गराउनेलगायत कार्यक्रम गर्ने शिक्षा मन्त्रालयले योजना बनाएको छ। यसपटक स्थानीय तहलाई पनि सक्रिय गराएर आफ्नो तहमा विद्यालय जाने उमेर पूरा भएका बालबालिका विद्यालयबाहिर नरहने प्रतिबद्धतासहितको घोषणा गर्न अनुरोध गरिएको शिक्षा विभागले जनाएको छ।यसैगरि विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक भर्ना हुँदाका बखत नै उपलब्ध गराउन मन्त्रालयले स्थानीय तहमार्फत विद्यालयमा २ अर्ब २२ करोड २२ लाख रुपैयाँ पठाइसकेको छ। यस वर्षदेखि कक्षा १ देखि ५ सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि रंगीन पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध गराउन लागिएको छ।
शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने तथा अभियान सञ्चालनमा सरोकारवाला सबैको उपस्थित हुने हुनाले यस पटकको अभियान विगतका वर्षको तुलनामा प्रभावकारी हुने दाबी गरे। उनले भने, ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा सहयोग पुर्याउन शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति शिक्षाविद् एवं स्थानीय तह, प्रदेश तह, सम्बन्धित मन्त्रालय/निकाय एवं राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई अपिल गरेका छौं।’