सुत्केरी हुन नसकेर २४ वर्षीया पवित्राको मृत्यु
शिक्षाखबर डेस्क
१५ कार्तिक २०७९, मंगलवार
no immg

१५ कार्तिक, काठमाडाैँ। गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भयो । स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उहाँको गाउँमै मृत्यु भएको हो ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिफ्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो । यही कात्तिक १५ गते हुम्लाको अदानचुली गाउँपालिका–५ काँखे गाउँकी २० वर्षीया रङ्गिता शाहीको पनि सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।

स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको आफन्त बलबहादुर शाहीले गुनासो गर्नुभयो । गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्याउन नसक्दा मृत्यु भएको बलबहादुरको भनाइ छ । हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाजको टिकट पाउन मुस्किल हुने गर्छ ।

प्रतिक्रिया