२१ कार्तिक, काठमाडाैँ। अष्ट्रेलियामा एक नेपाली विद्यार्थी कोठामै मृत भेटिएका छन्।
नेपालमा बुटवल घर भइ अष्ट्रेलिया सनसाइन कोस्ट क्विन्सल्याण्डमा बसोबास गरिरहेका नेपाली विद्यार्थीको मृत्यु भएको एनआरएन क्विन्सल्याण्डले जानकारी दिएको छ।
मृत्यु हुनेमा २१ वर्षीय खगेन्द्र भुसाल रहेका छन्। उनले आफ्नो बहिनीको भविष्य र शिक्षाका लागि अष्ट्रेलियामा कडा परिश्रम गरिरहेको एनआरएन क्विन्सल्याण्डले उल्लेख गरेको छ।
अहिले उनको शव नेपाल ल्याउनका लागि आर्थिक संकलन सुरू भएको छ। १५ हजार डलर संकलन गर्ने लक्ष्यसहित गोफन्डमिमा अहिलेसम्म १७ हजार डलरभन्दा बढी संकलन भइसकेको छ।