विश्वको जनसङ्या ८ अर्ब पुग्यो, १२ वर्षमा एक अर्ब मानिस थपिए
शिक्षाखबर डेस्क
३० कार्तिक २०७९, बुधबार
no immg

३० कार्तिक, काठमाडाैँ। बितेका १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुन अघि नै विश्वको जनसङ्ख्या आठ ८ अर्ब पुगेको हो । स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ ।

विश्व जनसङ्ख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २०२० मा एक प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको देखाएको थियो ।

विश्व जनसङ्ख्या ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा प्ुग्ने अनुमान गरिएको छ । यो विश्व जनसङ्ख्या बृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो ।.सन् २०२२ सम्ममा, दोस्रो धेरै जनसङ्ख्या क्षेत्रको रुपमा एशिया रहेको छ । एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब रचीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ ।

सन् २०५० सम्ममा विश्वव्यापी जनसङ्ख्याको अनुमानित वृद्धिको आधाभन्दा बढी मात्र आठ देशमा केन्द्रित हुनेछ । ती देशमा कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् । सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत बन्ने संयुक्त राष्ट्रसङ्घको अनुमान गरेको छ ।

प्रतिक्रिया