मिराकल होस्टेललाई सप्तगण्डकी क्याम्पसमा भएको अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि
शिक्षाखबर डेस्क
७ पुष २०७९, बिहीबार
no immg

७ पुस, चितवन। भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा बुधबार भएको भलिबल प्रतियोगिताको फाइनल खेलमा मिराकल होस्टेल प्रथम भएको छ ।

अखिल क्रान्तिकारी सप्तगण्डकी क्याम्पस एकाइले सहिदको स्मृतिमा गरेको अन्तर कलेज भलिबल प्रतियोगिताको फाइनलमा सप्तगण्डकी क्याम्पसलाई हराउँदै मिराकल होस्टेल पहिलो भएको हो । पहिलो हुने मिराकल होस्टेलले ४० हजार राशी र ट्रफी , दोस्रो हुने सप्तगण्डकी बहुमुखी क्याम्पसले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।

बुधबार भएको प्रतियोगिता समापन समारोहमा अखिल क्रान्तिकारी वागमती प्रदेशका अध्यक्ष सुरज सिंह ठकुरी, वागमती प्रदेश सभा सदस्य ईस्वर सापकोटा, सप्तगण्डकी बहुमुखी क्याम्पस प्रमुख मणिराज महतोलगायतले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

२४ टिम सहभागी पुस ३ गतेबाट सुरु भएको भलिबल प्रतियोगितालाई बागमती प्रदेशका यातायात तथा श्रम रोजगार मन्त्री घनश्याम दाहालले उद्घाटन गरेका थिए । भलिबल प्रतियोगिताको उद्घाटन खेल सप्तगण्डकीका प्रध्यापकहरुले खेलेका थिए ।

प्रतिक्रिया