खुकुरी प्रहार गर्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासन
शिक्षाखबर डेस्क
१९ पुष २०७९, मंगलवार
no immg

१९ पुस, काठमाडाैँ। यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी गराएका छन् ।

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए ।

प्रतिक्रिया