देशभर २४ घण्टामा एक जना कोरोना संक्रमित थपिए
शिक्षाखबर डेस्क
२६ माघ २०७९, बिहीबार
no immg

२६ माघ, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३१३ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप २ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या ४ रहेको छ ।

प्रतिक्रिया