काठमाडाैं । १९ बैशाख – भरतपुर अाेएसिस नर्सिङ कलेजका विद्यार्थीहरू कलेजले विद्यार्थीकाे भविष्यमाथि खेलबाड गरेकाे भन्दै विश्वविद्यालयलार्इ दबाब दिन अाज विराटनगर पुगेका छन् । कलेजकाे निमन्त्रणामा बैशाख १६ गते प्रशासन , अभिभावक र विद्यार्थीहरू बसेर विद्यार्थीहरूलार्इ अन्यत्र सम्बन्धन प्राप्त संस्थामा स्थानान्तरण गर्नका लागि संयुक्त रूपमा विश्वविद्यालयलार्इ दबाब दिने निर्णय अनुरूप विद्यार्थी तथा अभिभावकहरू अाज विराटनगर पुगेका हुन् ।
नेपाल नर्सिङ काउन्सिल(परिषद) मापदण्ड अनुसार सञ्चालन नभएकाे भन्दै ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर चितवनका विद्यार्थिहरुले नर्सिङ लाइसेन्सको लागी लिइने परिक्षामा सहभागी हुन पाएका थिएनन् । नेपाल नर्सिङ काउन्सिल परिषदको न्युनतम मापदन्ड पुरा गर्नुपर्नेमा सो मामदन्ड पुरा नगरी ओएसिस मेडिकल कलेज भरतपुरले विएन र विएससी समेतका कार्यक्रम संचालन गर्दै अाइरहेकाे थियो ।
शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले तनुजा श्रेष्ठ र शोभा अर्याललार्इ अब हुने नर्सिङ परिक्षामा सामेल गराउन काउन्सिललाइ अनुरोध गर्ने , उक्त संस्थामा अध्ययनरत विद्यार्थीहरूलार्इ सम्बन्धन प्राप्त संस्थाहरूमा स्थानान्तरण गर्ने र कलेजले स्वीकृति बिना कक्षा सञ्चालन गरेकाे सम्बन्धमा तत्काल कानुनि प्रक्रिया अगाडि बढाउन बिश्वबिद्धालयलाई निर्देशन सहित मन्त्रीस्तरिय बैठकको निर्णय पत्र पठाएको थियाे । तर विद्यार्थी स्थानान्तरण गर्ने निर्णय कार्यान्वयन हुन नसकेपछि उक्त संस्थाका विद्यार्थी तथा अभिभावकहरू कलेजकै खर्चमा विराटनगर पुगेका हुन् ।
सेमेस्टर अन्तर्गतकाे परिक्षा सुरू हुन अब २ – ३ महिनामात्रै बाँकी रहेकाे अवस्थामा विश्वविद्यालयले विद्यार्थीहरूकाे भविष्यप्रति कुनै चासाे नै नदेखाएकाे अभिभावक तथा विद्यार्थीहरूकाे गुनासाे रहेकाे छ । अाेएसिस कलेज लगभग खारेजनै भर्इसकेकाे तर उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरूले परिक्षा मिति नजिकिँदै गर्दा पनि करिब साढे २ महिनादेखि पढ्न पाएका छैनन् ।