बिराटनगर, २०- बैशाख / ओएसिस मेडिकल कलेजमा बि.एस.सी नर्सिङ र पि.बि.एन अध्ययनरत ९८ जना बिद्यार्थीलाइ विश्वबिद्यालयको एन नियमको मातहतमा रही १५ दिन भित्र स्थानात्रण सहितको व्यवस्थापन गर्न रजिस्टारको कार्यालयले चिकित्सा संकायका डीन डा.सिद्धार्थ कोइरालालाइ पत्र काटेको हो |
नेपाल नर्सिङ काउन्सिल मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर चितवनका विद्यार्थिहरुले नर्सिङ लाइसेन्सको लागी लिइने परिक्षामा सहभागी हुन पाएका थिएनन् । नेपाल नर्सिङ काउन्सिल परिषदको न्युनतम मापदन्ड पुरा गर्नुपर्नेमा सो मामदन्ड पुरा नगरी ओएसिस मेडिकल कलेज भरतपुरले विएन र विएससी समेतका कार्यक्रम संचालन गर्दै आइरहेको थियो ।
नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय,नेपाल नर्सिंग परिषद र पुर्बान्चल बिश्वबिध्यालय बीच २०७४ चैत्र २५ मा भएको सहमति अनुसार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले तनुजा श्रेष्ठ र शोभा अर्याललार्इ अब हुने नर्सिङ परिक्षामा सामेल गराउन काउन्सिललाइ अनुरोध गर्ने , उक्त संस्थामा अध्ययनरत विद्यार्थीहरूलार्इ सम्बन्धन प्राप्त संस्थाहरूमा स्थानान्तरण गर्ने र कलेजले स्वीकृति बिना कक्षा सञ्चालन गरेको सम्बन्धमा तत्काल कानुनि प्रक्रिया अगाडि बढाउन बिश्वबिद्धालयलाई निर्देशन सहित मन्त्रीस्तरिय बैठकको निर्णय पत्र पठाएको थियो ।
२ महिना देखि अध्ययन गर्न नपाएका बिद्यार्थी र तिनका अभिभाबक बिश्वबिद्यालयले स्थानान्तरण गर्न ढिलाई गरेको भन्दै यथासक्यो चाडो स्थानान्तरण सहितको व्यवस्थापन गर्न बिश्वबिध्यालायाको केन्द्रिय कार्यालय बिराटनगरनै पुगी दबाब दिएका हुन ।
बिद्यार्थी, अभिभाबक बिश्वबिद्यालय पुगेकै दिन १९ गते बुधबारनै रजिस्टार प्रमिला थापाले पत्र पठाई बिद्यार्थीलाई काउन्सिलबाट सम्बन्धन प्राप्त बिश्वबिद्यालय मातहत चिकित्सा संकायका पाइक पर्ने कलेजहरुमा स्थानान्तरण गरि १५ दिन भित्र रजिस्टारको कार्यालयमा जानकारी उपलब्ध गराउन भनिएको छ ।