अमेरिकी एआई कम्पनी ‘एन्थ्रोपिक’ माथि पेटेन्ट चोरीको मुद्दा: प्रतिलिपि अधिकार (Copyright) मुद्दामा कम्पनीले १.५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्ने ऐतिहासिक सहमति गरेको भोलिपल्टै यो नयाँ कानुनी झमेला
शिक्षाखबर डेस्क
३ घण्टा अगाडि
no immg

काठमाडौँ । विश्वको चर्चित आर्टिफिसियल इन्टेलिजेन्स (AI) कम्पनी ‘एन्थ्रोपिक’ (Anthropic) माथि अर्काको प्रविधि र बौद्धिक सम्पत्ति (Patent) गैरकानुनी रूपमा चोरी गरेको आरोपमा अमेरिकाको डेलावेयर सङ्घीय अदालतमा मुद्दा दर्ता भएको छ। युनिभर्सिटी अफ टेनेसीको बौद्धिक सम्पत्तिको रेखदेख गर्ने परोपकारी संस्था ‘युनिभर्सिटी अफ टेनेसी रिसर्च फाउन्डेसन’ ले सोमबार दायर गरेको र मङ्गलवार सार्वजनिक भएको यस उजुरीमा एन्थ्रोपिकका एआई प्रणालीहरूले आफ्ना प्राध्यापकहरूले आविष्कार गरेका न्यूरोसाइन्समा आधारित मेसिन-लर्निङ पेटेन्टहरूको उल्लङ्घन गरेको दाबी गरिएको छ।

एन्थ्रोपिक कम्पनीमाथि पेटेन्ट अधिकार उल्लङ्घन (Patent Infringement) को यो सम्भवतः पहिलो मुद्दा हो। यसअघि लेखकहरूको अनुमतिविना उनीहरूका पुस्तकहरू एआई मोडललाई तालिम दिन प्रयोग गरेको भन्दै दर्ता भएको प्रतिलिपि अधिकार (Copyright) मुद्दामा कम्पनीले १.५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्ने ऐतिहासिक सहमति गरेको भोलिपल्टै यो नयाँ कानुनी झमेला अघि आएको हो। फाउन्डेसनले उजुरीमा एन्थ्रोपिकले अरूको बौद्धिक सम्पत्तिको चरम बेवास्ता गरेको आरोप लगाएको छ भने एन्थ्रोपिकका प्रवक्ताले भने यी आरोपहरू आधारहीन रहेको र अदालतमा कडा प्रतिवाद गर्ने स्पष्ट पारेका छन्।

फाउन्डेसनका अनुसार विश्वविद्यालयका प्राध्यापकहरूले एआई, न्युरोमोर्फिक कम्प्युटिङ, र मस्तिष्क विज्ञानमा आधारित कम्प्युटिङको क्षेत्रमा गरेको महत्त्वपूर्ण पेटेन्ट अधिकारलाई एन्थ्रोपिकले आफ्ना एआई उत्पादनहरूमा अनुमतिविना प्रयोग गरेको छ। युनिभर्सिटी अफ टेनेसीको संस्थाले अदालतसमक्ष एन्थ्रोपिकबाट ठूलो रकमको आर्थिक क्षतिपूर्ति दिलाउन र आफ्ना पेटेन्टहरू गैरकानुनी रूपमा प्रयोग गर्न रोक्ने आदेश (Court Order) जारी गर्न माग गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै