पूर्वशिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत: प्रह्लाद जोशीलाई थप जिम्मेवारी, कक्रोच जनता पार्टीद्वारा आन्दोलन स्थगित
शिक्षाखबर डेस्क
२ घण्टा अगाडि
no immg

नयाँ दिल्ली / भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिनुभएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गर्नुभएको छ। कक्रोच जनता पार्टी (CJP) को कडा आन्दोलन र जनदबाबपछि प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति मुर्मुले प्रधानको राजीनामा स्वीकृत गर्नुभएको औपचारिक जानकारी दिएको हो। प्रधानको राजीनामासँगै रिक्त हुन पुगेको शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा केन्द्रीय मन्त्री प्रह्लाद जोशीलाई सुम्पिइएको छ। मन्त्री जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएकोमा अब उहाँले शिक्षा मन्त्रालयको कार्यभारसमेत हेर्नुहुनेछ।

उता, शिक्षामन्त्री प्रधानको राजीनामा स्वीकृत भएसँगै विगत केही समयदेखि सडकमा आन्दोलनरत कक्रोच जनता पार्टीले आफ्ना पूर्वघोषित प्रदर्शनका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ। शनिबार भारतका केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग भएको तेस्रो चरणको निर्णायक वार्तापछि सीजेपीले जन्तर-मन्तर लगायतका स्थानमा प्रदर्शन गरिरहेका आफ्ना समर्थक तथा विद्यार्थीहरूलाई घर फर्कन अपिल गरेको हो। वार्ता सफल भएपछि सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारले आफ्ना प्रमुख मागहरू स्वीकार गरेको दाबी गर्दै आगामी चार सातापछि पुनः भेटेर बाँकी मागहरू तथा समग्र शिक्षा क्षेत्रको व्यापक सुधारका विषयमा थप छलफल गरिने जानकारी दिनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर