शैक्षिक सत्र २०८४ देखि विद्यालय तहमा नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक लागू हुने: पाठ्यक्रम विकास केन्द्रद्वारा सूचना जारी
शिक्षाखबर डेस्क
१८ श्रावण २०८३, सोमबार
no immg

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा नयाँ स्वीकृत पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ। केन्द्रले सोमबार (साउन १८ गते) एक सूचना जारी गर्दै पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सिफारिस र मन्त्रालयको निर्णयानुसार स्वीकृत सामाजिक अध्ययन विषयका नयाँ पाठ्यपुस्तकहरू तथा आधारभूत र प्रारम्भिक बालविकास तहका परिमार्जित पाठ्यक्रमहरू कार्यान्वयनमा ल्याउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह गरेको छ।

केन्द्रका अनुसार सामाजिक अध्ययन विषयको कक्षा ४ देखि १२ सम्मको स्वीकृत पाठ्यक्रम अनुरूप विकास गरिएका कक्षा ५, ८, १० र १२ का नयाँ पाठ्यपुस्तकहरू शैक्षिक सत्र २०८४ बाट लागू हुनेछन्। उक्त पाठ्यपुस्तकहरू पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ असार १९ गतेको सिफारिस र तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन ९ गतेको निर्णयानुसार स्वीकृत भएका हुन्। यसैगरी, २०८२ मङ्सीर १७ को परिषद् सिफारिस र शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख ११ को निर्णयानुसार स्वीकृत आधारभूत तह कक्षा १ देखि ३ को परिमार्जित पाठ्यक्रम २०८२ र प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम २०८२ समेत शैक्षिक सत्र २०८४ देखि नै पठनपाठनमा ल्याइने पाठ्यक्रम अधिकृत कुमार घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै