बेपत्ता शिक्षकलार्इ प्रहरीले परिवारकाे जिम्मा लगायाे
शिक्षाखबर डेस्क
४ जेष्ठ २०७५, शुक्रबार
no immg

 काठमाडाैं । 

गत चैत १६ गतेदेखि बेपत्ता भनिएका रसुवाका एक निजी विद्यालयका प्रबन्ध निर्देशकलाई बिहीबार साँझ प्रहरीले धुन्चेमा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार आफ्नै तरङ्गमा बेपत्ता भएका बेत्रावतीस्थित त्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक चित्तमान डंगोललाई व्यापक खोजी गरी एक महिना १९ दिनपछि बिहीबार निजको श्रीमती लक्ष्मी ठोक्रा डंगोललाई बुझाइएको हो ।

नेपालमा नभेटिएको र एक्कासि भारत गएको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयको सहयोगमा भारतको चेन्नाईबाट भारतीय सुरक्षा निकायले पत्ता लगाई नेपाल पठाएको बताइएको छ । उत्तरगया गाउँपालिका–५ लहरे निवासी डंगोल गाउँबाट भागेर बेपत्ता हुनुको कारण पत्ता लागेको छैन ।

प्रतिक्रिया