काठमाडाैं । ९ जेठ
क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदहरुसँग माफी मागेका छन् ।
क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने गलत समाचारप्रति जुकरबर्गले माफी मागेका हुन् । उनले फेसबुकका टुल्सलाई हानी पुर्याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए । ७५ मिनेटसम्म भएको सवाल जवाफका क्रममा उनको भनाईबाट युरोपेली संसदका सबै सदस्य सन्तुष्ट नभएको बताइएको छ ।
क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ । यद्धपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ भने गलत आरोपका कारण व्यवसायमा असर परेको भन्दै आफ्नो कार्यालय बन्द गरेको घोषणा गरिसकेको छ ।
यसअघि गत अप्रिलमा जुकरबर्गसँग अमेरिकी संसदमा सवाल जवाफ गरिएको थियो । सबै सांसदले प्रश्न सोधिसकेपछि जुकरबर्गले ति सबै प्रश्नहरुको एकमुष्ट जवाफ दिएका थिए ।