सहिद स्मृति प्रतिष्ठान नेपालद्वारा द्वन्द प्रभावित परिवारका बालबालिकालाई स्टेशनरी वितरण
शिक्षाखबर डेस्क
२६ जेष्ठ २०७५, शनिबार
no immg

चितवन/ २६-जेष्ठ, भरतपुर महानगरपालिकाको सहयोगमा सहिद स्मृति प्रतिष्ठानले आज चितवनको भरतपुर स्थित जिल्ला समन्वय समितिको सभाहालमा एक कार्यक्रमको आयोजना गरि द्वन्द प्रभावित परिवारका बालबालिकालाई स्टेशनरी वितरण वितरण गरेको छ  ।

प्रतिष्ठानकि अध्यक्ष संगीता भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा भरतपुर महानगर मेयर एवम नेकपाकी केन्द्रिय सदस्य रेणु दाहालको प्रमुख आतिथ्यता र नेकपाका केन्द्रिय सदस्य इश्वरी भट्टराईको बिशेष आतिथ्यता रहेको थियो  । सो कार्यक्रममा  महानगरपालिकामा बसोबास गर्ने द्वन्द प्रभावित परिवारका ९३ जना बिद्यार्थी बालबालिकाहरुलाइ शैक्षिक सामाग्री ( स्टेशनरी ) वितरण गरिएको हो  ।

द्वन्द पिडित प्रहरी परिवारहरुको संस्था अमर प्रहरी परिवारका प्रतिनिधिहरु पनि उपस्थित सो कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर रेणु  दाहालले जनयुद्द  लगाएतका सम्पूर्ण परिवर्तनकारी आन्दोलनहरुमा आफ्नो उच्च बलिदान गरेका महान योद्दाहरुका परिवार,घाइते-अपाङ्ग, बेपत्ता परिवार लगाएत  द्वन्द  प्रभावित दुवै पक्षलाइ मल्हमपट्टि गर्न महानगर सदैब तयार रहेको बताउनु भएको थियो त्यसैगरि कार्यक्रम अध्यक्ष तथा सहिद स्मृति प्रतिष्ठान नेपालकी अध्यक्ष संगीता भट्टराईले पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा  प्राप्त परिवर्तनमा आफ्नो परिवारको योगदानलाई सगर्भ स्मरण गर्ने बातावरण बनाउन  र शिक्षा जस्तो आधारभूत आवश्यकतालाइ केहि हदसम्म सहयोग पुर्याउन महानगर भित्रका जनआन्दोलन एवंम द्वन्द प्रभावित दुवै पक्षका परिवारका १ देखि १२ कक्षा सम्मका बालबालिकाहरुको तथ्यांक संकलन गरि भरतपुर महानगरको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिनुभयो  ।

प्रतिक्रिया