पैसामा निजी कलेजलाई सम्बन्धन दिने कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय प्रसासन बिचौलिया: न्यौपाने
शिक्षाखबर डेस्क
६ श्रावण २०७५, आईतवार
no immg

चितवन/ कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरले कृषि तर्फ सात र बन तर्फ एक निजि कलेजलाई सम्बन्धन दिए पश्चात बिद्यार्थी संगठनका केन्द्रिय नेत्रित्व मौन रहेको अभिब्यक्ति चौतर्फी आइरहदा कान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले भने सामाजिक संजाल फेसबुक मार्फत कृषि,बन र स्वास्थ्य शिक्षाका २ कुरा भन्ने शिर्षक राखी पैसामा निजि कलेजलाई सम्बन्धन दिने खेलमा लागेर कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय प्रसासन बिचौलिया काममा स्खलित भएको अभिब्यक्ति दिएका छन् ।

अहिले चर्चामा रहेका दुइ प्रमुख बिषयहरु  चिकित्सा शिक्षा र कृषि शिक्षाका निजि सम्बन्धनका  बिषयमा टिप्पणी गर्दै गोबिन्द के.सी अनसन बसेपनि नबसेपनि माथेमा आयोगको प्रतिबेदनको अन्तरबस्तुबाट सरकार भाग्न अथवा यताउता गर्न नमिल्ने संबिधान,चुनाबी घोषणापत्र र जनताप्रति जिम्मेवार बन्नैपर्ने र  कृषि र वन शिक्षा, स्वास्थ्य शिक्षा जस्तै जनताको पँहुचमा नहुने र कम गुणस्तरको हुने भएकोले  बेलैमा बुद्धि पुर्याई परिणामको आकलन गरि कृषि र बन क्षेत्रमा निजीको प्रवेश रोक्न जोड दिएका छन् ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै २३ दिनदेखि  डा. गोविन्द केसी अनशनरत हुनुहुन्छ भने निजि सम्बन्धनका बिरुद्द  कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा क्रियाशील बिद्यार्थी र प्राध्यापक संगठनहरु बिगत ११ दिन देखि  बिश्वबिद्यालय परिसरमा जुलुस प्रदर्सन र धर्नामै रहेका छन् ।

माइतीघर मण्डला काठमाण्डौंमा समेत प्रदर्सन गरिरहेका आन्दोलनकारी निजि  कलेजको बिश्वबिद्यालयले  पूर्ण खारेज नगरेसम्म शैक्षिक दलालिकरण र माफियाकरण बिरिद्दको आफ्नो संघर्ष निरन्तर जारि रहने आन्दोलनरत अखिल क्रान्तिकारी बिश्वबिद्यालयका अध्यक्ष नगेन्द्र दाहाल बताउछन् ।

अध्ययन गरनुहोस

कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा लगाइएको ताला फोरियो -बिद्यार्थी आक्रोसित

प्रतिक्रिया