काठमाडौं १३ साउन / प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन गर्ने नगर्ने बिषयमा संसदीय सुनुवाइ समितिको बैठक बसिरहेको छ । प्रधानन्यायाधीशमा प्रस्तावित जोशीमाथिको सुनुवाइ गत बिहीवार नै सकिएपनि समितिले उहाँको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय लिन सकेको छैन । उहाँको नाम अस्वीकृत गर्न समितिमा हाल कायम १५ सदस्यको दुई तिहाई सदस्यको समर्थन आवश्यक पर्छ । शैक्षिक प्रमाण पत्र, सर्वोच्च सहित बिभिन्न अदालतमा रहँदा न्यायाधीशका रुपमा उहाँले गरेका फैसला समेत विवादमा तानिएपछि समिति सदस्यबीच नै मत बाँभिएको छ । समितिमा सत्तारुढ नेकपाका ९ र संघीय समाजवादी फोरमका एक जना सदस्य छन्, जुन कुल सदस्य संख्याको दुई तिहाई हो । कांग्रेसका ४ र राजपाबाट एक जना सदस्य छन् । संवैधानिक परिषद्ले गत जेठ २९ गते नै उहाँको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेपनि, सुरुमा समिति गठनमा भएको ढिलाईं र पछि जोशीसम्बन्धी पछिल्ला समय बाहिर आएका तथ्यका कारण संसदीय समितिले निष्कर्ष सुनाउन नसकेको हो । एनसेलको कर छली, सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा पास गराएको, चुणामणि शर्मा प्रकरण, बिशाल बजार लगायत मुद्दाको फैसलामा जोशी प्रत्यक्ष संलग्न रहेको आरोप छ । सिंहदरवारमा जारी समिति बैठकले प्रस्तावित जोशीसम्बन्धमा थप छलफल गर्ने वा आजै निर्णय गर्ने भन्ने तय गर्नेछ ।