शैक्षिक सुधारका लागी कार्यदल गठन
शिक्षाखबर डेस्क
२८ श्रावण २०७५, सोमबार
no immg

बर्दिया : बर्दियाको मधुवन नगपालिकामा शैक्षिक सुधारका लागी नगर शिक्षक समिति कार्यदल गठन गरिएको छ । वार्ड न ६ का वडा अध्यक्ष भक्तबहादुर सुनारको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलले विद्यार्थिको अनुपातको आधारमा शिक्षकको काजमिलान, विद्यालयको अनुगमन र गुणस्तरिय शिक्षालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयको प्रतिवेदन तयार पार्ने कार्यदलका सयोजक भक्तबहादुर सुनारले बताउनु भयो । कार्यदलले दिएको सुझाव मधुवन नगरपालिकाका मेयर लाई बुझाइने छ ।
समितिमा स्रोत व्यक्ति गोकुल प्रसाद पोख्रेल , शिक्षक महासंघ नगर अध्यक्ष प्रतिनिधि बाट खगेन्द्र खनाल , शिक्षक अविभावक संघका अध्यक्षहरुको तर्फबाट लक्ष्मण कुवर , सामाजिक विकास समितिका संयोजक मिना ओली , सस्थागत विद्यालयका शिक्षक बाट यामलाल भाट र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष्ँहरुका तर्फ टंक पौडेल सदस्य रहनु भएको छ ।
समितिले सके यहि श्रावण मसान्त सम्म नभएको भदौको दोस्रो हप्ता सम्म प्रतिवेदन पेश गर्ने भएको छ । बर्दियाको मधुवन नगरपालिका क्षेत्रमा  १५ वटा प्रावि , ५ वटा निमावि र ९ वटा मावि रहेका छन । अधिकास विद्यालयका विद्यार्थिको अनुपातमा शिक्षको दरवन्दि कम छ भने त्यस्ता विद्यालयमा शैशिक  स्तर पनि घटदो छ । यतिखेर विद्यालयमा त्रैमासिक परिक्षा चलिरहेको छ यसबाट विद्यार्थिको वास्तविक संख्या पत्ता लगाउन पनि सजिलो भएको छ ।

प्रतिक्रिया