परिश्रम गर्न चाहाने र आत्मविश्वास भएकालाई गाउँघर पनि निकै फलिफाप हुदो रैछ । थोरै लगानीमा धेरै मुनाफा लिन सकिने भएपछि गाउँघरमा ब्यवासायिक कृर्षि, पशु, पंक्षिको ब्यवासाय गर्नेहरुको संख्या दिनहुँ जसो बढ्न थालेको छ । त्यस्ता धेरै परिश्रमी महिला मध्येका एक बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ नहर टोलका पुजा सुनार पनि एउटा हुनुहुन्छ ।
पहिलेको भन्दा हिजो आज उहाँको पुरै दैनिक फेरिएको छ । घर ब्यवहार चलाउन पनि सहज भएको पुजा सुनारले बताउनुभयो । पशु कार्यालयबाट तीन दिने तालिम लिएपछि पुजा सुनारले पहिलो पटक कुखुरा पालन ब्यवासाय थाल्नुभएको हो । अहिले ५१ वटा कोइलर भनिने कुखुरा उहाँको फर्ममा छन, विस्तारै बिमा गर्ने र ब्यवासाय बढाउदै लैजाने उहाँको सोच छ ।
सोही वडाका अर्का ३५ वर्षिय सुमित कुमार सोनीले पनि एक कठ्ठा बढि जग्गा भाँडामा लिएर तरकारी खेति गदै आउनुभएको छ । तरकारी खेतीले आफनो जिवन बद्ल्दै गएको सुमित कुमार सोनीको भनाई छ । परिश्रम गर्ने इच्छा भएकाले गाउँघरमै बसेर ब्यवासायिक तरकारी खेतीबाट पनि मनग्य आम्दानी गर्न सक्छन भन्दै कसैले सल्लाह माग्न आए आफुले सक्दो दिने उहाँले बताउनुभयो ।
पुजा सुनार र सुमित कुमार सोनी एउटा प्रतिनिधि मुलक उदाहरण मात्र हुनुहुन्छ, बाँकेको जानकी गाउँपालिका वरपर गाउँघर बस्तीमा यस्तै खाले ब्यवासायिक कृर्षि, पशु, पंक्षि पालन पेशा अवलम्बन गरी आत्र्मनिर्भर बन्नेहरुको प्रतिस्पर्धा नै चलेको देखिन्छ । निरन्तर परिश्रम गर्नेहरुलाई राज्यले पनि प्रोत्साहन गर्न आवाश्यक रहेको ब्यवासायिक कर्म गर्नेको भनाई छ ।
–साभार : गुडन्युज साप्ताहीक, सिता चन्द, बाँके
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]