मध्यपश्चिमञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइरालाले विद्यार्थीहरुलाई देशको समृद्धि र विकासमा लाग्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विद्यार्थी नै देश बनाउने भविष्यदाता हो ।” शनिबार वीरेन्द्रनगर केन्द्रिय क्याम्पसमा आयोजित एक दिने शैक्षिक महोत्सवलाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो ।
आफुले २९ वर्षको उमेरमा अन्र्तराष्ट्रिय स्तरको प्रतिस्पर्धाबाट छात्रवृत्तिमा छनौट भई विद्यावारिधी (पीएचडी) गरेको कुरा सुनाउदै देशले अपेक्षा गरे अनुरुप शैक्षिक गोरेटोमा सर्मित हुन लागी पनि उहाँले सुझाव दिनुभयो । आफनो जन्मथलो साविकको पूर्वाञ्चल, कर्मथलो मध्यमाञ्चल, धर्मथलो मध्यपश्चिमाञ्चल भएको भन्दै १४ सय ६० दिन मध्ये अब बाँकी रहेको ४ सय दिनको पदावधिमा पनि पवित्र मन, बचन र कर्मले समर्पित हुने पनि उद्दघोष गर्नुभयो ।
विद्यार्थीहरुको हौसला र प्रेरणाका लागी उहाँले देशका ख्याति प्राप्त तथा प्रसिद्ध नाम कमाएका ब्यक्तित्वहरुका बारेमा पनि केही चर्चा गर्नुभएको थियो । विश्वविद्यालयमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नुका साथै विश्वविद्यालयको प्रर्वद्धन गर्नका लागी एक दिने शैक्षिक महोत्सव राखिएको इन्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थी तथा कार्यक्रमका संयोजक निकुन्ज पाण्डेले जानकारी गराउनुभयो । उहाँका अनुसार शैक्षिक महोत्सवबाट उठेको बचत रकम विद्यार्थीहरुको हितार्थ अक्षयकोषमा जम्मा गरिने छ ।
शैक्षिक महोत्सवको अध्यक्षता तनाव छ जिन्दगी नाम दिइएको आयोजक टिमका अध्यक्ष सन्जय योगीको अध्यक्षतामा सम्पन्न भएको उल्लेख छ ।