नेपालगंज हेल्थ क्याम्पसको विवाद चुलिदै (प्रेस बिज्ञप्ती सहित) हेर्नुहोस ।
शिक्षाखबर डेस्क
३ भाद्र २०७५, आईतवार
no immg

मैकुलाल वाल्मिकी संञ्चालक रहेको नेपालगंज हेल्थ क्याम्पस प्रशासन र नेविसंघ बिचको विवाद चुलिदै गएको छ । विद्यार्थी राजेन्द्र बडुवाललाई नेपालगंज हेल्थ क्याम्पसले बार्षिक परिक्षाबाट वञ्चित गराएको भन्दै नेपाल विद्यार्थी संघले कडा विरोध जनाएको छ । तर क्याम्पस प्रशासनले कुनै सुनुवाई नगरेपछि विवाद चुलिदै गएको हो ।

अछाम घर भई ल्याव असिसटेन्टमा २०७३ असोजमा भर्ना भएर अध्ययन गरिरहेको तर क्याम्पसले ब्यक्तिगत रिसइबी र पूर्वाग्रही ढंगले परिक्षा फर्म भर्न नदिई बिना कारण बार्षिक परिक्षाबाट वञ्चित गराएको नेबिसंघको आरोप छ । सोही विषयलाई लिएर क्याम्पसमा ४ दिनयता देखी ताला लगाइए पनि क्याम्पस प्रशासनले आफुहरुको माग प्रति बेवास्ता गरेको भन्दै पुन : चेतवानी सहितको प्रेस बिज्ञप्ती मार्फत आफनो भनाई सार्वजनिक गरेको हो ।

नेपाल विद्यार्थी संघ सिटिइभीटी केन्द्रिय समन्वय समिति उपाध्यक्ष सुरज थापा द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “विद्यार्थी राजेन्द्र बडुवाल माथी भएको अन्यायलाई वार्ता द्धारा सम्बोधन गर्ने प्रयास नभए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी स्वंयम क्याम्पस प्रशासनले ब्यवहोर्नु पर्ने छ ।” नेपाल विद्यार्थी संघ राजनितिक दल नेपाली काग्रेंस सम्बद्ध शुभेक्छुक विद्यार्थी भातृ संगठन हो ।

प्रतिक्रिया