देशका प्रमुख शहरमा शैक्षिक म्रेला अायोजना गर्दै ग्रेस इन्टरनेशनल
शिक्षाखबर डेस्क
४ भाद्र २०७५, सोमबार
no immg

ग्रेस इन्टरनेशनलले यही आउदो भाद्र १३, १४,१५ र १७ गते क्रमशः बुटवल , चितवन ,पोकरा र काठमान्डौ मा बृहत अस्ट्रेलियन शैक्षिक मेला को आयोजना गर्ने भएको छ ।

ग्रेस एकेडेमीले अायोजना गर्ने शैक्षिक मेलामा अस्ट्रेलियाका बिभिन्न २० भन्दा बढी विद्यालय तथा कलेजहरुको उपस्थिती हुने ग्रेसले विज्ञप्तिमा जानकारी गराएको छ । बिगतमा आयोजना भएका शैक्षिक मेलाहरु भन्दा फरक बनाउन यस पटक प्रविधिको प्रयोग गरी विद्यार्थीहरुलाई सहज र सरल तरिकाले शैक्षिक जानकारी उद्देश्य ग्रेसले राखेको छ ।

विदेश अध्ययन गर्न जानु अघी बुझ्नै पर्ने अति आवस्यक जानकारिहरु प्रदान गरी विदेश अध्ययनलाई सहज र सरल बनाउन मेला अायोजना गरीएको ग्रेसले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

२००६ मा स्थापना भएको यस ग्रेस इन्टरनेसनलले आफ्नो स्थापना काल देखी नै विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ । नेपालबाट विशेष अध्ययनको शिलशिलामा अस्ट्रेलिया जानेहरुलाई अस्ट्रेलिया मै पनि सहयोग पुर्याउने उदेश्यले ग्रेसले अस्ट्रेलियाको सिडनी र मेल्बर्नमा पनि शाखा विस्तार गरिसकेको ग्रेसका प्रबन्ध निर्देशक एन्ड्र्यु पौडेलले बताए ।

विद्यार्थीहरुको आवस्यकतालाई मध्य नजर गर्दै अस्ट्रेलियामा काम गर्दै पढ्न के कस्ता कठिनाइहरु छन् भन्ने जस्ता विषयमा अन्तक्रिया , मेला स्थल मै भर्ना , शैक्षिक ऋण जस्ता आकर्षणको पक्ष यस मेलामा रहनेछन् ।

प्रतिक्रिया