घरवालीको जिल्ला प्रशासनमा डेरा, अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता, जिल्ला प्रशासनले गुनासो सुनुवाई गरेन 
शिक्षाखबर डेस्क
५ भाद्र २०७५, मंगलवार
no immg

-घरपरिवार भित्रको कुरा प्रशासनमा पसेपछि यसले बजारमा चर्चाको रुप लिएको छ । बुद्धिजिवी ब्यक्तिहरुको भनाई अनुसार दुबै जनाले कर्तब्य भन्दा बढि आत्मसम्मान र अधिकार खोजी रहेकाले समस्या सुल्झन नसकिरहेको प्रतिक्रिया दिएका छन । अझै पनि आपसी सहमतिमा मेलमिलाप गरी बैवाहिक सम्बन्ध कायम गरी पारिवारिक जीवन चलाउँदा राम्रो हुने उनीहरुको सुझाव छ ।

गुलरिया नगरपालिका ७ सिम्रानाका सुरेन्द्र बहादुर बिकका श्रीमति (घरवाली) ले जिल्ला प्रशासन कार्यालय बर्दियामा डेरा जमाएर बसेपछि घरपरिवार थप मर्कामा परेको छ । नाबालिक छोरी यतिबेला आमा विहीन बनेकी छन ।

सामान्य घरयासी असहमति हुँदा श्रीमतिले श्रीमानलाई चेतावानी दिन भन्दै आवेगमा आई जिल्ला महिला सेवा केन्द्रमा गई बसेको तर कुनै जानकारी बिना प्रशासनको कोठामा सारिएको श्रीमान सुरेन्द्रको आरोप छ । समस्यामा परेका महिला तथा बालबालिकाहरुलाई जिल्ला महिला सेवा केन्द्रमा ४५ दिन सम्म राख्ने ब्यवस्था हुदाँ–हुदै पनि के कति कारणले कसको रोहबरमा जिल्ला प्रशासन कार्यालयको कर्मचारी (क्वाटर) कोठामा डेरा सारियो ? भनी आवाश्यक सोधपुछका लागी निवेदन दर्ता गरी पटक–पटक आग्रह गर्दा सम्म पनि गुनासोको कुनै सुनुवाई नभएको सुरेन्द्रले बताउनुभएको छ ।

एउटा प्रेस विज्ञप्ती मार्फत सुरेन्द्रले भन्नुभएको छ, “जिल्ला महिला सेवा केन्द्रबाट जिल्ला प्रशासनको क्वाटरमा सार्न साथ एक्कासी श्रीमतिको सम्बन्ध बिच्छेद मुद्धा अदालतमा प¥यो, जिल्ला प्रशासनको कार्यालय भित्रै प्रेम लिला चलाउनेहरुले आफनो पायक पर्ने गरी ठाउँ सारे, प्रशासनकै कर्मचारी द्धारा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गर्न बाध्य बनाईयो, तर हाम्रो गुनासोको कुनै सुनुवाई भएन, प्रमुख जिल्ला अधिकारी मुख दर्शक भएर बस्नुभयो ।

सम्बन्ध बिच्छेद गर्न बाध्य बनाउने प्रशासनका संमलग्न कर्मचारीलाई संरक्षण दिईएको छ । ड्राइभरको जागिर दिने भनी आवाश्सन दिईयो तर कार्यन्वयन गरिएन ।”

उता जिल्ला प्रशासन कार्यालय बर्दियामा २०७५ साउन १३ गते परेको एउटा निवदेन माथी प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले तोक लगाई आवाश्यक जाँचबुझका लागी कार्यालयका प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीलाई आदेश दिनुभएको पाईएको छ ।

प्रशासकिय अधिकृत शाहीले भने आफु साउन १ गते देखी आएको तर घटना धेरै पहिले देखी भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आपसी छलफल गरी सम्झाउने बुझाउने प्रयास गरेका हौं, तर घटना अदालत सम्म पुगी सकेको अवस्थामा हामी केही बोल्न मिल्दैन, कर्मचारीलाई निकाल्ने वा राख्ने सम्बन्धमा जिल्ला प्रशासनको बिधि, निति अनुसार नै काम हुन्छ । त्यो पनि कर्मचारीको गल्ती अनुसार ।”

१२ दिन जिल्ला महिला सेवा केन्द्रको संरक्षणमा बस्नुभएकी सुरेन्द्रकी घरवालीलेले २०७५ असार १० गते लोक्ने स्वास्नीको नाता तोडी सम्बन्ध बिच्छेद गरी पाउँ भनी मुद्धा दर्ता गर्नुभएको छ । बर्दिया जिल्ला अदालतमा यो मुद्धा अहिले विचारधिन अवस्थामै रहेको अदालतले जनाएको छ । जाँड, रक्सी सेवन गरी कुटपिट, घरनिकाला तथा मानसिक यातना दिएको श्रीमतिको आरोप छ ।

तर श्रीमान सुरेन्द्रले यसको खण्डन गदै श्रीमतिले फिरादमा उल्लेख गरेको विवरण पुर्णत झुठ भएको भन्दै अहिले सम्म अथाह माया स्नेह गरिरहेको दाबी गर्नुभएको छ ।

घरपरिवार भित्रको कुरा प्रशासनमा पसेपछि यसले बजारमा चर्चाको रुप लिएको छ ।

वास्तविकता वा आंशकाको भरमा भनिएको हो, घटनामा संमलग्न कर्मचारीहरुलाई एक ठाउँमा राखेर छलफल गरी आरोप माथी चित्तबुझदो जवाफ प्रशासनले फर्काउने समेत कोषिस गरेको छैन ।

उता जान्ने बुझ्ने केही समाजसेवी बुद्धिजिवी ब्यक्तिहरुको भनाई अनुसार दुबै जनाले कर्तब्य भन्दा बढि आत्मसम्मान र अधिकार खोजी रहेकाले समस्या सुल्झन नसकिरहेको प्रतिक्रिया दिएका छन । अझै पनि आपसी सहमतिमा मेलमिलाप गरी बैवाहिक सम्बन्ध कायम गरी पारिवारिक जीवन चलाउँदा राम्रो हुने उनीहरुको सुझाव छ । –क्रमश…..

प्रतिक्रिया