महाधिवेशनको मिति तोक्ने नेविसंघको तयारी
शिक्षाखबर डेस्क
२३ भाद्र २०७५, शनिबार
no immg

भाद्र २३, २०७५ – नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको बैठक आज बस्दैछ । बैठकमा विधान नियमावली पारित तथा आगामी महाधिवेशनको मिति तोक्ने विषयमा छलफल हुन लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा विहान ११ बजेपछि बस्ने बैठकमा राज्य पुर्नसंरचनापछिको नयाँ विधान, त्यसमा केन्द्रिय समितिको आकार लगायतका विषयमा छलफल गर्ने उपाध्यक्ष सागर परियारले जानकारी दिनुभयो । माउ पार्टी कांग्रेसले नेविसंघभित्र पछिल्लो समय देखा परेको विवाद समाधानका लागि केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा सदस्यद्धय नविन्द्रराज जोशी र प्रदीप पौडेल रहेको समिति गठन गरेको थियो । वैठकमा उनिहरुले पनि सहभागिता जनाउदैछन् । नेविसंघको नयाँ विधानमा १ सय १ सदस्यीय केन्द्रिय समिति प्रस्ताव गरिएको छ । यस्तै प्रदेश कमिटीमा ५१ सदस्यीय र महिला ३६ प्रतिशतको प्रस्ताव विधानमा गरिएको छ । लामो समयदेखि विवादको घेराभित्र रहेको ३२ वर्षीय हदबन्दी भने हटाउने तयारी संघको छ ।

प्रतिक्रिया