एपेक्स व्यवस्थापन शिक्षणमा विशिष्टीकृत कलेज हो
शिक्षाखबर डेस्क
२५ भाद्र २०७५, सोमबार
no immg

एपेक्स कलेज व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको कलेज हो । हाल यसमा दुई सिफ्ट मा एमबिए र अन्डर ग्राजुएटमा ४ वटा कोर्स सञ्चालन भइरहेका छन् । यहाँं अन्डर ग्राजुएटमा १ हजारदेखि १२ सयसम्म विद्यार्थी पढिरहेका छन् । एमबिए गर्ने विद्यार्थीसहित अहिले कलेजको विद्यार्थी संख्या १ हजार ५ सयभन्दा बढी छ ।

हामीले त्यसैअनुसार शिक्षकको पनि व्यवस्था गरेका छौँ । यहाँ दिनको पाँच घन्टाभन्दा बढी समय बिताउने शिक्षक ३२ जनासहित करिब सयजनाले अध्यापन गराइरहेका छन् । अर्थात् यहाँ प्रत्येक १२ जना विद्यार्थीबराबर १ जना शिक्षक पर्न आउँछ । सकेसम्म एमफिल र पिएचडी गरेकालाई मात्र अध्यापनको जिम्मा दिने गरेका छौँ ।

बिसिआइएस

बिसिआइएस अर्थात् ब्याचलर इन कम्प्युटर इन्फरमेसन सिस्टम यस कलेजको सबैभन्दा मन पराइएको विषय हो । यसमा ४० प्रतिशत सूचना प्रविधि र ६० प्रतिशत व्यवस्थापन पढाइन्छ । यो पोखरा विश्वविद्यालयबाट स्वीकृत पठ्यक्रम हो । बिसिआइएस प्रतिस्पर्धात्मक छ । यहाँबाट बिसिआइएस गरेर जाने विद्यार्थीले कम्प्युटर इन्जिनियरसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने हाम्रो मान्यता रहेको छ । बिसिआइएस त्यही कारणले विद्यार्थीले मन पराएको कोर्समध्ये एक हो ।

बिबिएटिटी

एपेक्समा पढाइ हुने अर्को महत्वपूर्ण विषय बिबिएटिटी अर्थात् बिबिए इन ट्राभल एन्ड टुरिजम हो । त्यसमा ट्राभल तथा टुरिजमलाई व्यवस्थापन गर्नुपर्ने जति पनि कोर्सहरू छन्, ती सबै पढाइन्छ । टिकेटिङ, हस्पिटालिटी म्यानेजमेन्टजस्ता कुरा पढाइन्छ । यो होटेल म्यानेजमेन्ट मात्र होइन । यो विषय पढ्नेले पर्यटनसँग जोडिएको जुनसुकै क्षेत्रमा पनि आफ्नाे करिअर बनाउन सक्छ ।

यसमा एयरलाइन्स म्यानेजमेन्ट, कार्गो म्यानेजमेन्ट, डेस्टिनेसन म्यानेजमेन्ट, डेस्टिनेशन मार्केटिङजस्ता कुरा पनि सबै पढाइन्छ । जुन नेपालको पर्यटन क्षेत्रका लागि एकदमै सान्दर्भिक छ । त्यसमा इन्टर्नसिप, प्रोजेक्ट रिपोर्ट, न्यु प्रोडक्ट डेभलपमेन्टजस्ता कोर्सहरूसमेत छन् । यो विषय एपेक्स कलेजले मात्र पढाइरहेको छ । अब बिस्तारै अन्य कलेज पनि यो विषयमा लागेको देखिएको छ ।

बिबिए

बिबिए अर्थात् ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन सबै व्यवस्थापन अध्यापन गराउने कलेजले पढाइरहेकै छन् । हामीले यसलाई अझ विशेष बनाउन सकेसम्म दक्ष र अनुभवी शिक्षक र सैद्धान्तिकसँगै व्यावहारिक शिक्षालाई बढी जोड दिएका छौँ ।

बिबिए बैंक एन्ड इन्स्योरेन्स

यसमा बैंक तथा बिमाले कस्तो जनशक्ति खोज्छ भन्ने कुरालाई ध्यानमा राखेर त्यसैअनुसारको जनशक्ति तयार गर्ने गरी पढाउँछौँ । ब्याचलर सकेर सीधै जागिर खोज्ने भन्ने सोच नेपालमा एकदमै कम छ । विदेशतिर ब्याचलर सकेपछि काम खोज्न सुरु गर्छन् ।

तर, नेपालमा ब्याचलर सकेपछि मास्टर्स पढ्ने ठाउँ खोज्न सुरु गर्छन् । तर, यहाँ बिबिए बैंकिङ एन्ड इन्स्योरेन्स सकेर ज–जसले काम गरेका छन् । उनीहरूले राम्रो नतिजा दिइरहेका छन् । उनीहरू राम्रो कम्पनीमा काम गरिरहेका छन् र कलेजले कम्पनीसँग सोध्दा राम्रो फिडब्याक पाएका छौँ ।

विभिन्न कम्पनीले यो कलेजमा योग्यता तोकेर जनशक्ति माग पनि गर्ने गरेका छन् । त्यसैअनुसार हामीले विद्यार्थीसँग सल्लाह गरेर उनीहरूलाई सम्बन्धित कम्पनीमा नोकरीको लागि सिफारिस गर्ने गरेका छौँ । हामी पहिले विद्यार्थीको चाहना बुझेर अघि बढ्छौँ ।

अन्तिम सेमस्टरमा हामी विद्यार्थी अब कसरी अघि बढ्न चाहन्छ, त्यसैअनुसार कार्यशाला आयोजना गरेर उनीहरूको योजनाअनुसारको योग्यता दिएर पठाउँछौँ । उनीहरूको व्यक्तित्व र सिप विकासका लागि हामी धेरैभन्दा धेरै प्रयोगात्मक शिक्षा पनि दिन्छौँ ।

प्रतिज्ञा अधिकारी फ्याकल्टी मेम्बर हुन् ।

प्रतिक्रिया