काठमाडौं २१ साउन / सल्यानको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले नगरपालिकाभित्रका विद्यालयमा छड्के निरीक्षण गरेका छन् ।
सो क्रममा नमूना घोषणा गरिएको जनकल्याण माध्यमिक विद्यालय थारमारेमा १३ शिक्षक गयल थिए । बुढाथोकीले सयमा कार्यालयमा नआउने कर्मचारीको हाजिरी गयल बनाइदिएका छन् । बिहान सवा १०बजेसम्म विद्यालयमा उपस्थित नहुने शिक्षक कर्मचारीको हाजिरी गयल गरिएको हो । सो विद्यालयलाई केही समयअघि मात्र सरकारले नमूना घोषणा गरेको थियो ।
विद्यालयमा ३० शिक्षक कार्यरत छन् । विद्यालय प्रार्थनाको समयमा आफू पुग्दा ६ जना शिक्षक मात्र उपस्थित भएको मेयर बुढाथोकीले बताए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।