निमाविमा एक विद्यार्थी आठ शिक्षक
शिक्षाखबर डेस्क
२२ श्रावण २०७४, आईतवार
no immg

काठमाडौं २१ साउन / सुविधा सम्पन्न भवन र पर्याप्त कक्षाकोठा छन् । पढाउनका लागि शिक्षकको दरबन्दी पनि छ तर मनाङ जिल्लाको ङावलमा रहेको ङावत निम्न माध्यमिक विद्यालयमा विद्यार्थी भने छैन ।

हिमाली क्षेत्रका नागरिकलाई शिक्षा दिने उद्देश्यले २०३९ सालमा स्थापना भएको यस विद्यालयमा हाल एक जना मात्र विद्यार्थि अध्ययनरत छन् । ती वर्ष जति भयो विद्यालयमा विद्यार्थी ने आएका छैनन्, विद्यालयका प्रअ कान्छा प्रजापतिले भने, साह्रै नै शून्य भएर यस वर्ष कक्षा १ मा एक जना विद्यार्थी टिकाएका छौं । उनका अनुसार बाल विकास केन्द्रमा भने तीन जना बालबालिका आउने गरेका छन् ।

विद्यार्थी नभएपछि विद्यालयमा सबै कक्षाकोठामा ताला लगाइएको छ ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया