सजिवन र अडिरको दानाबाट पनि डिजेल
शिक्षाखबर डेस्क
२० आश्विन २०७५, शनिबार
no immg

फोहोर प्लास्टिकबाट मात्रै होइन सजिवन र अडिरको दानाबाट पनि नेपालका वैज्ञानिकले डिजेल उत्पादन गरिसकेका छन् । जैविक डिजेलको प्रयोग पनि सफल भएको छ । सजिवनबाट डिजेल उत्पादन गर्न पाल्पा र चितवनमा प्रशोधन केन्द्र पनि स्थापना भयो ।

तर, विभिन्न पक्षले वातावरण र कृषि क्षेत्रमा हानि हुने प्रश्न उठाएपछि गति लिन सकेन । करिब १९ लाख हेक्टर जमिन बाँझो रहेको जमिनमा सजिवन खेती गर्ने भनिएको डा. ढकाल बताउँछन् । सजिवनबाट डिजेल सस्तोमा उत्पादन हुन सक्ने ढकालको भनाइ छ ।

ढकालका अनुसार सजिवनको ३ किलो दानाबाट १ लिटर डिजेल उत्पादन गर्न सकिन्छ । तर, २ किलो अडिरबाट भने १ लिटर डिजेल उत्पादन हुन्छ । अडिरबाट डिजेल उत्पादन गर्ने प्रक्रिया पनि सजिवनकै जस्तो हो ।

डढेको तेलबाट गाडी गुड्ने तेल

होटेल तथा पार्टी प्यालेसमा खानेकुरा पकाएपछि डढेको तेल उब्रिने गर्छ । यस्तो तेलबाट डिजेल उतपादन गर्न सकिने प्रविधिको पनि देशमा विकास भएको छ । नास्टले गरेको अध्ययनबाट खानेकुरा पकाउन प्रयोग गरेको तेलबाट सवारीसाधनमा प्रयोग गर्ने गुणस्तरको डिजेल उत्पादन हुन्छ ।

समोसा, सेलरोटी, फिंगर चिप्सलगायत जति पनि तेलमा तारेर पकाइने खानेकुरा छन्, ती खानेकुरा उक्त तेलमा २ पटकभन्दा बढी प्रयोग गर्न मिल्दैन । उक्त तेल धेरै प्रयोग गरे क्यान्सर हुन सक्ने जीवाणु उत्पादन हुन्छ । तर, त्यसरी प्रयोग गरेको तेलबाट गुणस्तरीय डिजेल उत्पादन गर्न सकिन्छ ।

नास्टको अध्ययनअनुसार काठमाडौं उपत्यकामा होटेल, पार्टी प्यालेसलगायतबाट प्रयोग गरेको अर्थात् फ्राइड तेल वर्षमा ११ करोड लिटर निस्कन्छ । यस्तो १ लिटर तेलबाट एक लिटर नै डिजेल उत्पादन गर्न सकिने नास्टको अध्ययनले देखाएको छ ।

यो हिसाबमा वर्षमा ११ करोड लिटर डिजेल उत्पादन गर्न सकिन्छ । नास्टको अध्ययन र प्रयोगशालबाट भएको उत्पादनको सम्पूर्ण खर्च हेर्दा यसरी उत्पादन भएको डिजेल बजारमा १६५ रुपैयाँमा विक्री गर्न सकिन्छ ।

प्रतिक्रिया