शिक्षामन्त्रीले करोडौंको चलखेल गरेको आरोप, विद्यार्थीद्धारा तालाबन्दी
शिक्षाखबर डेस्क
२२ आश्विन २०७४, आईतवार
no immg

भक्तपुर – शैक्षिक सत्रको बिचमा आएर नियम विपरित कलेजहरुलाई सम्बन्धन दिन खोजिएको भन्दै माओवादी केन्द्र निकट विद्यार्थी संगठनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटीमा) तालाबन्दी गरेको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठ सहितको प्रत्यक्ष संलग्नतामा करोडौं चलखेल गरी नयाँ कलेजलाई सम्बन्धन दिन लागेको क्रान्तिकारीको आरोप छ ।शुक्रबारका लागि तय गरिएको परिषद् बैठकबाट दुई दर्जन भन्दा बढी कजेललाई सम्बन्धन दिने तयारी थियो । उक्त तयारीको विरोध गर्दै संगठनले सानोठिमी स्थित सिटीइभिटीको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो ।

‘हचुवाको भरमा ठूलो आर्थिक लेनदेन गरी मापदण्ड नपुगेका कलेजलाई सम्बन्धन दिन लागिएकोले तालाबन्दी गरेको’ अखिल (क्रान्तिकारी) जनाएको छ ।

शैक्षिक शत्र सुरु भएको एक महिना बितिसकेपछि र निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा गर्न लागिएको उक्त निर्णय अवैध रहेको क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले बताए । उक्त निर्णय खारेज गर्नु पर्ने संगठनको माग रहेको उनको भनाई छ ।

भक्तपुर – शैक्षिक सत्रको बिचमा आएर नियम विपरित कलेजहरुलाई सम्बन्धन दिन खोजिएको भन्दै माओवादी केन्द्र निकट विद्यार्थी संगठनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटीमा) तालाबन्दी गरेको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठ सहितको प्रत्यक्ष संलग्नतामा करोडौं चलखेल गरी नयाँ कलेजलाई सम्बन्धन दिन लागेको क्रान्तिकारीको आरोप छ ।

शुक्रबारका लागि तय गरिएको परिषद् बैठकबाट दुई दर्जन भन्दा बढी कजेललाई सम्बन्धन दिने तयारी थियो । उक्त तयारीको विरोध गर्दै संगठनले सानोठिमी स्थित सिटीइभिटीको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो ।

‘हचुवाको भरमा ठूलो आर्थिक लेनदेन गरी मापदण्ड नपुगेका कलेजलाई सम्बन्धन दिन लागिएकोले तालाबन्दी गरेको’ अखिल (क्रान्तिकारी) जनाएको छ ।

शैक्षिक शत्र सुरु भएको एक महिना बितिसकेपछि र निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा गर्न लागिएको उक्त निर्णय अवैध रहेको क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले बताए । उक्त निर्णय खारेज गर्नु पर्ने संगठनको माग रहेको उनको भनाई छ ।

 

via   http://www.edukhabar.com

प्रतिक्रिया