स्थानीय सरकारले राख्यो साढे ६ सय शिक्षक तथा कर्मचारी
शिक्षाखबर डेस्क
२७ पुष २०७५, शुक्रबार
no immg

रुकुम / रुकुम (पश्चिम)का स्थानीय तहले ठुलो संख्यामा शिक्षक तथा कर्मचारी नियुक्त गरेको छ । चालु शैक्षिक सत्रमा जिल्लाका ६ स्थानीय तहले साढे ६ सय शिक्षक तथा कर्मचारी नियुक्त गरेको छ ।

शिक्षा ऐन, नियमावली, कार्यविधि तथा निर्देशिका बनाएर स्थानीय तहले शिक्षक नियुक्त गरेको जनाएका छन् । स्थानीय तहहरुले तहगत रुपमा शिक्षक तथा कर्मचारी भर्ना गरेको हो ।

स्थानीय तहअनुसार सुविधा फरक

स्थानीय तहले राखेको शिक्षक तथा कर्मचारी तहअनुसार सेवा सुविधा फरक फरक रहेको छ । त्रिवेणी गाउँपालिकाले विद्यार्थी संख्याका आधारमा शिक्षकको पारिश्रमिक तोकेको गाउँ शिक्षा इकाई संयोजक ताराप्रसाद पुनले बताए ।

उता सानीभेरी गाउँपालिकाले बालविकास र आधारभूत तह १–५ मा १० हजार, ६–८ मा १५ हजार, ९–१० मा १७ हजार र ११–१२ मा २५ हजार मासिक पारिश्रमिक व्यवस्था गरेको गाउँ शिक्षा इकाईका संयोजक भूपालसिंह बिष्टले जानकारी दिए ।

चुनावको समयमा शिक्षक अभावको गुनासो रहे पनि हाल ती गुनासो कम भएको मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले बताए । आगामी दिनमा पनि त्यस्ता गुनासो आए छिट्टै सम्बोधन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया