याैन दुर्व्यवहार गरेकाे अभियाेगमा शिक्षक पक्राउ
शिक्षाखबर डेस्क
२९ पुष २०७५, आईतवार
no immg

नवलपरासी/नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको अभियाेगमा शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका,११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेललार्इ शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भन्दै परिवारले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेललाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया