रामेछाप / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा छिट्टै नयाँ शिक्षा प्रणाली लागू हुने बताएका छन्। बुधबार दोरम्बा गाउँपालिका–६ स्थित कालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार राखेका हुन्। देश अहिले नयाँ दिशामा अघि बढिरहेको बताउँदै मन्त्री पोखरेलले यस क्रममा शैक्षिक क्षेत्रमा समेत सुधार हुने दाबी गरे।
अबको दुई वर्षमा जिल्लाका विद्यालयहरूका भवन बनाइसक्ने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ। तर विद्यालय भवन मात्र राम्रो बन्दैमा पढाइ राम्रो नहुने भन्दै मन्त्री पोखरेलले त्यसका लागि विद्यालय व्यवस्थापक एवं शिक्षक क्षमतावान हुनुपर्नेमा जोड दिए। व्यवस्थापकीय हिसाबले निजी विद्यालयभन्दा सामुदायिक विद्यालय कमजोर रहेकोतर्फ संकेत गर्दै उनले, शिक्षाको गुणस्तर शिक्षकको गुणस्तरमा भरपर्ने बताए।
फोटो-फाइल