डोटीका दुई गाउँपालिकालाई एम्बुलेन्स सहयोग
शिक्षाखबर डेस्क
३ माघ २०७५, बिहीबार
no immg

न्युयोर्क / नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिका डोटी जिल्लाका दुई गाउँपालिकालाई दुई वटा एम्बुलेन्स प्रदान गरेको छ । कांग्रेस डोटी जिल्ला कार्यसमितिद्वारा हालै आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा जनसम्पर्क समिति अध्यक्ष आनन्द विष्टले डोटीका जोरायल र बडीकेदार गाउँपालिकालाई एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्टको पहलमा अमेरिकामा २२ लाखबराबरको दुई एम्बुलेन्सको रकम संकलन गरिएको थियो । आफ्नो जन्मथलोका बासिन्दाहरुको मागअनुरुप दाताहरुको सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएको विष्टले कान्तिपुरलाई बताए ।
विष्टको अगुवाईमा एम्बुलेन्सका लागि टेक्सासमा रहेका सूचना प्रविधिसम्बन्धी व्यवसायी गौरी जोशीको आमा फाउन्डेशनले प्रमुखरुपमा आर्थिक सहयोग उपलब्ध गराएको थियो । त्यसैगरी कानुन व्यवसायी खगेन्द्र जिसी, व्यवसायी हरिबोल भण्डारी, रक्तदाता अर्जुन मैनाली, चिकित्सक विनोद साह, केशवराज सेढाई, बासु फुलारा, सुनील साह एवम् पूर्ण शेर्पाले पनि आर्थिक सहयोग गरेका थिए । त्यसैगरी विष्णु शाह, पुरुषोत्तम पाण्डे, गोपाल विश्वकर्मा, पासाङ शेर्पा र जीवन बमले पनि सहयोग गरेको विष्टले बताए ।

प्रतिक्रिया