त्रिभुवन विश्वविद्यालयका २५ ‘हेल्मेट शिक्षक’ र १५ कर्मचारी बर्खास्त
शिक्षाखबर डेस्क
३ माघ २०७५, बिहीबार
no immg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ। निजीमा विद्यालयलाई बढी समय दिएको भन्दै त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने ‘हेल्मेट प्राध्यापक’लाई बर्खास्त गरेको हो ।

सरकारी कोटामा रहेर प्राध्यापन क्षेत्र भन्दा बाहिर बढी समय पढाउने प्राध्यापकलाई ‘हेल्मेट प्राध्यापक’ भनिन्छ । त्रिविका आंगिक क्याम्पसमा पढाउन छाडेर बाहिर बढी समय दिएको कारण उनीहरु बर्खास्त भएका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी पिनयम २०५० मा लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट बर्खास्त गर्नसक्ने उल्लेख छ।

बर्खास्त हुनेमा उपप्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक र प्राध्यापक छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर ६१ आंगिक क्याम्पस छन्। पछिल्लो एक वर्षमा ४० शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो , जसअन्तर्गत २५ शिक्षक र १५ कर्मचारी रहेकाछन्।

प्रतिक्रिया