हरीकृष्ण गजुरेलको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेला सम्पन्न
शिक्षाखबर डेस्क
९ माघ २०७५, बुधबार
no immg

सिराहा / क्रान्तिकारी माओवादी निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी )ले हरीकृष्ण गजुरेलको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति सर्बसम्मत निर्वाचित गर्दै आफ्नो विशेष राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

सिराहाको गोलबजारमा सम्पन्न सो विशेष राष्ट्रिय भेलाबाट उपाध्यक्षमा किरण अधिकारी थारु र शिलु न्यौपाने, महासचिवमा पेसल दहाल, सचिवमा रामबहादुर महरा, मानकुमार न्यौपाने, सूर्य कार्कि, दिपेन्द्र लामिछाने, महेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जित शाह सहित १० जनाको पदाधिकारी निर्बाचित गरेको छ ।

‘विशेष राष्ट्रिय भेलाका प्रमुख अतिथि एवम पार्टी स्थायी समिति सदस्य,देजमोका केन्द्रिय अध्यक्ष तथा बिद्यार्थी फ्राक्सन इन्चार्ज सी.पी गजुरेलले मन्तब्य राख्दै शुभरत्न कंसाकार जस्ता देशका भ्रस्टाचारहरु र शैक्षिक माफियाहरुलाई तह लगाउन नव-निर्बाचित अखिल क्रान्तिकारीको यो समिति सडक बाघको रुपमा स्थापित रहन निर्देशित गर्नुभयो ‘ नव-निर्वाचित केन्द्रिय सचिब दिपेन्द्र लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश न. १ र २ पार्टी ईन्चार्ज हरिभक्त कंडेल, पार्टी पी.बि.एम कृष्ण कडेल लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया