बाके / काेहलपुर स्थित नाेवेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ, सहिद दिवसकाे अवसरमा नाेवेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजकाे आयाेजना तथा नेपाल रेडक्रस साेसाइटि जिल्ला शाखा बाकेकाे प्राबिधिक सहयाेगमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रम कलेजका प्रिन्सिपल पुर्ण प्रशाद शर्मा काे अध्यक्षता तथा कलेज का संचालक समिति सदस्य गणेश शाहिकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे कुरा कलेजका काेर्डिनेटर हेमराज बिष्टले जानकारि गराउनुभयाे उक्त कार्यक्रममा २३ पिन्ट रगत संकलन भएकाे छ ।
सिटिईभिटि बाट २०७१ सालमा सम्बन्ध लिई संचालनमा रहेकाे कलेज ले प्राबिधिक धार तर्फ ल्याब असिस्टेन्ट ,सिभिल सब ओंभरसियर र भेटेरिनरि जे.टि.ए.काे अध्यन अध्यापन गराउदै आएकाे र शिक्षण सेवाका साथै सामाजिक कार्यमा पनि कलेज ले निरन्तर याेगदान गर्दै आईरहेकाे कुरा कलेजका संचालक समिति सदस्य गणेश शाहिले कार्यक्रम काे शुभकामना मन्तव्य काे क्रममा बताउनु भएकाे थियाे ।