पार्टी कार्यालयमा नेविसंघकाे घेराबन्दी, पार्टी मुख्यालयमा तनाव
शिक्षाखबर डेस्क
१० फाल्गुन २०७५, शुक्रबार
no immg

काठमाडौं / कांग्रेस नेताहरू बिहीबार पार्टी कार्यालयमा नेविसंघका नेता–कार्यकर्ताको घेराबन्दीमा परे । पार्टी नेतृत्वले नेविसंघमा विधानको बेवास्ता गर्दै ३२ वर्षमाथिको नेतृत्व ल्याउन खोजेको र विधानको पालना गर्न नखोजेको भन्दै उनीहरूले नाराबाजी गरे । नेविसंघमा कुन्दन काफ्ले समूहका नेताहरूले नाराबाजी गर्दा झन्डै झडपको स्थिति उत्पन्न भएको थियो । रत्नहरि ढुंगेल, सुशील भट्ट, निरञ्जन थापा, जानुका पन्तसहितका नेताहरूले ३२ वर्षे उमेरहद लगाएर तदर्थ समिति बनाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

नाराबाजीबीचमै पार्टी उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा.प्रकाशशरण महत पार्टी मुख्यालय बाहिर निस्किएपछि तनावको उत्पन्न भएको थियो । दुवैले कार्यालयको प्रांगणमा नाराबाजी गर्न विद्यार्थीहरूलाई आग्रह गरे । सुरक्षाकर्मीले धकेलेर तल लान खोजेपछि विद्यार्थीहरू झन् आक्रोशित बन्न पुगे । केही समय पार्टी नेता र विद्यार्थीबीच भनाभन चलिरह्यो । निधि र महत कार्यालय भित्र प्रवेश गरेपछि स्थिति साम्य भएको थियो ।

प्रतिक्रिया