कबिता – बुवा: मलाई माफ गरिदिनु है
शिक्षाखबर डेस्क
१२ फाल्गुन २०७५, आईतवार
no immg

बुवा मलाई हजुर ले आशा गरेको छोरो बन्न मन छ ,

सानो हुदा मैले कयौ सपना देखे,

हजुर ले पनि त्यतिबेला कयौ सपना अवस्य देख्नुभयो |

कस्तो है , म मेरा लागि सपना देखे हजुर पनि मेरै लागि,

 

मेरा खुट्टा मा चुइ चुइ गर्ने जुत्ता महिना महिना मा फेरिन्थे,
ति फेरिन फाट्नु पर्थेन, तर बुवा,

हजुर को खुट्टा मा गोल्डस्टार पनि फाटेपछी महिनौ टिकिरहन्थे,

बुवा, मैले कहिले फाटेको गन्जी लगाएन नि है

हजुर को गन्जी का दुइ ओटा पाटा दुइ ठाउँ मा च्यातिएर,

६ बन्दा सम्म सरिर मै रहन्थ्यो

 

बुवा मलाई माफ गरिदिनु है,

मैले तपाई लाई छुच्चो सम्झन्थे,

फाटेका जुत्ता र फाटेको गन्जी नफेर्दा,

मेरो खुशी र मेरो सुख टाल्दा फाटेको भन्ने नबुझेर,

त्यसैले मलाई माफ गरिदिनु है

 

आजकल नि बुवा,  मेरो गन्जी पनि फाट्छ नि सरिर मै हुदा,

हजुर को पहिरन फाट्दा मेरा चाहाना त टालीए

खै हजुर का इच्छा र आशा का प्वाल टाल्न सक्छु कि नाई,

कोसिस त छ,तर सकेन भने माफ गरिदिनु है,

 

इच्छा मा अब्बल हुदा छात्रवृत्ति पाइदो रहेनछ,

पढाई मा अब्बल हुन अलि सकेन, के गर्नु बुवा
मैले नपढेर MBBS को छात्रवृत्ति मा नाम ननिकाल्दा,

मलाई बरु आफुमा कमजोरी लागेन,

पूर्णशुल्क मा पढाउन नसक्दा बरु हजुरलाई

मेरो गरिबीले छोरो डाक्टर हुन सकेन लाग्यो |

मेरो कमजोरी लाई हजुर हजुरको कमजोरी सोच्नुपर्यो

त्यसैले मलाई माफ गर्दिनु है बुवा

चौमासिक मा आउने हजुर को तलब

खर्च संग लब परेको म कहा बुझ्थे
महिना नसकिदै पैसा सक्ने हजुर को छोरा
आजकल एक एक रुपैया कमाउन कसरत गर्दै छ

यो कसरत ले पनि हजुर को भोक मेटाउन सकेन भने,
मलाई माफ गरिदिनु है बुवा

ज्यान ले आराम गर्ने बेला आइपुग्दा पनि

हजुर को जिब्रो ले सम्म आराम गर्न पाएन

त्यो दुख ले मलाई खर्च को क्याम्पस  पढायो

आजकल बल्ल हजुर को दुख को महत्व पढ्दै छु,

बुझ्नु पर्ने बेला नबुझेर अहिले बुझ्दा ढिला भएर,

हजुरहरु को लागि केहि गर्न सकिराको छैन

त्यसैले मलाइ माफ गरिदिनु है बुवा

प्रतिक्रिया