बागलुङ / शहरी विकास मन्त्री मोहम्मद इस्तीयाक राईलाई कालो झण्डा देखाउने दुई विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
राईलाई बागलुङ नगरपालिका–४ उपल्लोचौरमा बागलुङ बसपार्क शिलान्यास कार्यक्रममा जाँदै गर्दा कालो झण्डा देखाएर विरोध गर्ने नेविसंघका कार्यकर्ता तथा धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेल र स्ववियु सदस्य मनोज सापकोटा पक्राउ परेका हुन् ।
देशमा बढ्दै गएको महँगी भ्रष्टाचार लगायत सरकारको काम गतिविधिको विरोधका साथै बागलुङ नगरपालिकाले गरेका गतिविधिको विरोध गर्दै कालो झण्डा देखाएको नेविसंघ बागलुङका सचिव श्रीकृष्ण पौडेलले बताए ।