नमुना बन्दै प्रावि
शिक्षाखबर डेस्क
१२ पुष २०७४, बुधबार
no immg

काठमाडौं १२ पुस / ढोकामै सावुन, बाल्टीभरि पानी र त्यसमाथि मग झुन्डयाइएको छ । कपडामा लहरै खोपा बनाएर ब्रस राखिएको छ । त्यसमाथि काइयो छन् । सानो ढकियामा नेल कटर छ । हेर्दै सरसफाइप्रति निकै सचेतना अपनाइएको अनुभव गर्न सकिन्छ ।

सरसफाइकै कारण कपिलवस्तु नगरपालिका–३ जमोरहाको राधाचन्द्र प्रावि बालविकास केन्द्र छोटो समयमै नमुना बन्दै गएको छ । यहाँ बालबालिका भर्ना गराउन अभिभावक अनुनयविनय गर्दै आउँछन् । गाउँभरिका बालबालिका भर्ना भएका छन् ।

सरसफाइकै कारण अभिभावक आफैं भर्ना गराउन विद्यालय जान्छन् । भर्ना गर्दैनौं भनेपछि चिनजान र पहुँच प्रयोग गर्दै पुग्छन् । बिहान १० बजे विद्यालय आउने बालविकासका सबै विद्यार्थी ब्रस गर्छन् । ब्रसमा नाम लेखिएको छ । त्यो पढेर चिन्छन् । त्यसपछि सावुनपानीले हात धुन्छन् । ब्रसमाथि राखेको काइयो झिकेर कपाल कोर्छन् । त्यसपछि पढन थाल्छन् । यो सबै काममा शिक्षकले सघाउँछन् । ‘अधिकांश गरिब विपन्न छन्,’ प्रअ गीता त्रिपाठीेले भनिन्, ‘त्यसमाथि सचेतना छैन, त्यही भएर सरसफाइमा बढी जोडदिएका छौं ।’

विद्यार्थीलाई सिकाउने सरसफाइको प्रभाव अभिभावकमा पनि पर्न थालेको उनले बताइन् । विद्यार्थीले आफना आमाबालाई फोहोर चलाएरपछि साबुनपानीले हात धुन र ब्रसले दाँत माझन भन्न थालेका छन् । ०७२ मा स्थापना भएको बालविकासकेन्द्र ०७३ वैशाखदेखि राम्ररी चल्न थालेको छ । सुरुमा सञ्चालन हुँदा ७/८ जना विद्यार्थी थिए । शिक्षिकाकमला घिमिरेका अनुसार अहिले ३ देखि ५ वर्षका ३० बालबालिका पढिरहेका छन् । उनीहरू खेल्दै, खाँदै रमाउँदै पढछन् ।

सरकारी अनुदानबाहेक कुनै आय स्रोत नहँुदा विद्यालयको भौतिक पूर्वाधार कमजोर छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा राहत र बालविकास सहयोगीसहित ४ शिक्षक छन् ।

कान्तिपरमा खबर छ ।

प्रतिक्रिया