काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायको बेरुजु ७ अर्ब १४ करोड २६ लाख ९० हजार देखिएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो।
मन्त्रालय अन्तर्गत एक सय १२ वटा निकाय छन्। शिक्षाका सबै निकायमा गरेर ७ अर्ब २२ करोड ४३ लाख ७५ हजार बेरुजु देखिएको महालेखाले प्रारम्भिक प्रतिवेदन तयार गरेको थियो। उक्त प्रारम्भिक प्रतिवेदनपछि मन्त्रालयले ८ करोड १६ लाख ८५ हजार रुपैंया फस्र्यौट गरेको प्रतिवेदने जनाएको छ। बेरुजुमध्ये १५ करोड ८९ लाख ३१ हजार पेश्कीको रुपमा लगेको पनि प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै मन्त्रालय अन्तर्गत रहेको दुई सय ९ वटा संगठित संस्थातर्फ ४ अर्ब ९० करोड ३४ लाख ८८ हजार बरुजु देखएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ७८ करोड ८७ लाख ५१ हजार रुपैंया फस्यौट भएको छ। ती सबै संस्था अन्तर्गत अहिले ४ अर्ब ११ करोड ४७ लाख ३७ हजार रुपैंया बेरुजु रहेको महालेखाले जनाएको छ।