बाके / अखिल क्रान्तिकारीका निबर्तमान केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्ना छोराछोरीलाई आइतबार कोहलपुर नगरपालिका – १ स्थित कृष्ण मा.बि मा भर्ना गरेका छन् । बाकेको चर्चित निजि स्कुल गोर्खा युनाइटेड स्कुलमा अध्ययनरत छोरी अनिशा न्यौपाने र छोरा रबिन्द्र न्यौपानेलाइ घर नजिकको सरकारी बिद्यालयमा क्रमशः कक्षा ७ र ५ मा भर्ना गरेका हुन् ।
आज छोराछोरिलाइ कृष्ण मा.बि मा भर्ना गरि सरकारी विद्यालयको पोसाक सहितको तस्बिर सामाजिक संजालमा पोस्ट गर्दै न्यौपाने लेख्नुहुन्छ -‘ सार्वजनिक विद्यालय सुधार गर्न मेरो भुमिका सानो एक इट्टा हुन सक्छ भन्ने उदेश्य सहित श्री कृष्ण मा.बि. कौशिलानगर , कोहलपुरमा छोरी अनिशा न्यौपाने लाई कक्षा ७ र छोरा रबिन्द्र न्यौपाने लाई कक्षा ५ मा भर्ना गरियो । म आग्रह गर्न चाहन्छु जनप्रतिनिधि , राजनीतिज्ञ , शिक्षक , कर्मचारीहरुले पनि सरकारी स्कुल सुधार गर्न यस्तो कदम चाली दिनुहोस् । ‘
अखिल क्रान्तिकारीको सफल नेत्रित्व गरिसकेका न्यौपाने हाल नेकपा बाकेका अगुवा युवा नेता हुन् ।
आफ्ना छोराछोरी सार्बजनिक बिद्यालयमा भर्ना गराएर नरेन्द्र न्यौपानेले उदाहरणीय कार्य गरेको जनाउदै क्रान्तिकारी बाकेका बिद्यार्थी नेता राजेन्द्र बिस्ट भन्नुहुन्छ ‘ यसरीनै सबै बिद्यार्थी नेता ,पार्टी नेता लगाएत सार्बजनिक पद धारण गरेका सम्पूर्ण व्यक्तिहरुले आफ्ना सन्तानलाइ सार्बजनिक बिद्यालयमा भर्ना गर्ने हिम्मत गर्ने हो भने सार्बजनिक बिद्यालय सुधार मात्र होइन अब्बल साबित हुन समय लाग्ने छैन फलत शिक्षामा हुने गरेको निजिकारणको अन्त्य स्वत-स्फुर्त हुनेमा बिश्वस्त हुन सकिन्छ ।’