“माओवादी केन्द्र पनि ओली गुटको सिकार हुन सक्छ”-पंंञ्चा सिहं
शिक्षाखबर डेस्क
२७ माघ २०७४, शनिबार
no immg

सिन्धुपाल्चोक-२७ माघ नेकपा माओवदी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला समितीको वैठक सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) उपाध्यक्ष पञ्चं सिंहले जनयुद्ध बारे नयांं पुस्तामा बहसहुन जरुरी भएको बताएकी छिन् । संघियता,समाबेसी,समानुपातिक,धर्म निरपेक्षता,गणतन्त्र जस्ता महत्वपूर्ण एजेन्डा जनयुद्धले आर्जन गरेको सम्पती भएको भन्दै आमयुवा विद्यार्थीहरुको बीचमा पुर्‍याउन समेत आग्रह गरेकी छिन् ।

पार्टी एकता बाट बाहिरीने अधिकार एमाले र माओवादी केन्द्र दुबैलाई छुट नभएको भन्दै यदि पार्टी एकता भएन भने अनेरास्ववियुको अध्यक्ष नविना लामा पेरिश डांडा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ्ग धुम्बाराई अन्सनबस्ने अभिव्यक्ती बाट समेत आलोचना खेपीकी सिंहले अष्ट राज्य लक्ष्मी शाक्यको पराजय पछि भने केपी ओलीको कटाक्ष आलोचना गदै केपी ओलीको गुटको सिकार शाक्य मात्रै नभएर माओवादी केन्द्र पनि हुन सक्ने आशंका पैदा भएको बताएकी छिन् ।

माओवादीको कारणले एमालेले जितेको र एमालेको कारणले पनि माओवादीले जितेको भन्दै अखिल(क्रान्तिकारी) केन्द्रिय सचिव डिबी साउदले एमालेलाई धेरै सिटको आधरमा दम्ब देखाएर नमात्तीन्न समेत आग्रह गरे भने माओवादी केन्द्रका पोलीट व्युरो सदस्य माधव सापकोटाले पार्टी एकताको पक्षमा माओवादी केन्द्र इमान्दार भएकाले सम्मान जनक पार्टी एकतामा माओवादी केन्द्र पछि नहट्ने समेत बताएका छन् ।

सिन्धुपाल्चोक जिल्ला अध्यक्ष मिलन लामाको अध्यक्षतामा सम्पन्न भएको वैठकमा अखिल(क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष पञ्चं सिंह,सचिव डिबी साउद, माओवादी केन्द्रका पोलीट व्युरो सदस्य माधव सापकोटा, चिरञ्जीवी कट्टेल, सिपि दुलाल, श्याम रोक्का, विनु खड्का लगाएकानेताहरुको उपस्थिति रहेको थिए ।

प्रतिक्रिया